हुन्डाईको फेष्टिभ डिलाइट २०८१ सार्वजनिक, यस्ता छन् आकर्षक उपहार

काठमाडौं । हुन्डाई गाडीको लागि नेपालका आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले दशैं – तिहार लक्षित फेष्टिभ डिलाईट २०८१ योजना सार्वजनिक गरेको छ ।

आफ्ना ग्राहक महानुभावहरूको दशैं तिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन हुन्डाईले विगतका वर्षहरूमा गाडीका साथै अन्य आकर्षक उपहारहरू दिँदै आएको छ ।

यस वर्ष पनि यही परम्परा कायम राखी १ जना भाग्यमानीले हुन्डाई Made in Nepal हुन्डाई भेन्यु लक्की ड्र मार्फत प्राप्त गर्न सक्नेछन् । हुन्डाईको चाड पर्व लक्षित योजना नेपाली अटोमोवाइल बजारमा सबैभन्दा बहुप्रतिक्षित योजना मानिँदै आएको छ ।

हुन्डार्ड फेष्टिभ डिलाइट २०८१ अन्तर्गत कुनैपनि हुन्डाई गाडीको खरीदमा १० लाख सम्मको आकर्षक नगद छुट, स्क्राच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुटका साथै १ वर्षको लागि निःशुल्क सवारी वीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् । आफ्ना ग्राहकहरूको सन्तुष्टिको निमित्त हुन्डाईले सदैव समय सापेक्षिक ग्राहक लक्षित योजनाहरू सार्वजनिक गर्दै आइरहेको छ ।

आउँदै गरेको ११ गते सुरु हुने नाडा अटो शो २०२४ मा बुकिङ्ग गर्ने ग्राहकहरूले पनि यस योजना बाट लाभान्वित हुन सक्नेछ।

नाडा अटोशो २०२४ मा हुन्डाईको A*2 स्टल भ्रमण गरेर सम्पूर्ण महानुभावहरूले हुन्डाईका विभिन्न उत्पादनहरूको अवलोकन गरी आफ्ना जिज्ञासाहरू पनि मेट्न सक्नेछन् । सबै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ्ग उपलब्ध छ । यो योजना मंसिर २२ (छठ पर्व) सम्म लागू हुनेछ ।

यसै अवसरमा हालै चलिरहेको ‘Hyundai Test Drive and Win’ क्याम्पेन अन्तर्गत ग्राहकहरूले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा गई हुन्डाई गाडी को लाइनअपहरू मध्यबाट भर्खरै लन्च गरिएको नयाँ हुन्डाई क्रेटा र मेड इन नेपाल हुन्डाई भेन्यु टेस्ट ड्राइभ गरी आकर्षक उपहारहरू हात खाली नहुने गरी प्राप्त गर्न सक्नेछन् ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपाल भरी १६ शोरुमहरु, १९ सर्भिस सेन्टरहरू तथा ४३+ चारजिङ पोइन्ट मार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ ।

हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरूले विश्वभरि करोडौँ ग्राहकहरूको मन तथा विश्वास जित्न सफल भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको भाउ हालसम्मकै उच्च, शुक्रबार ३ हजारले बढेर १ लाख ५६ हजार नाघ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (शुक्रबार) सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । …

प्रतिकृया दिनुहॊस