टिकटक खुलाउँदै सरकार, चिनियाँ राजदूतको प्रतिक्रिया- ‘टुडे इज अ गुड डे’

काठमाडौं । सरकारले टिकटकमाथिको प्रतिबन्ध बिहीबारदेखि हटाउने तयारी गरेको छ । मन्त्रिपरिषदको बैठकले टिकटकमाथि झण्डै १० महिनादेखि लागिरहेको प्रतिबन्ध हटाउने तयारी रहेको हो ।

मन्त्रिपरिषद् बैठक अपरान्ह ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने तय भएको छ । यो बैठक नियमित हो । बैठकमा विगत १० महिनादेखि बन्द भएको सामाजिक सञ्जाल एप टिकटिकमाथिको प्रतिबन्ध फुकाउने प्रस्ताव पेस हुँदैछ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको तर्फबाट मन्त्री पृथ्वीसुब्बा गुरुङले सो प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्ने तयारी रहेको स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली समेतको छलफलपछि सञ्चारमन्त्री गुरुङले बिहीबार सो प्रस्ताव मन्त्रिपरिषदमा लैजान लागेका हुन् । त्यसैलाई संकेत गर्दै नेपालका लागि चिनिया राजदूत छन सङले खुशी व्यक्त गरेका छन् ।

उनले ट्वीटरमा खुशी व्यक्त गर्दै लेखेका छन्– ‘टुडे इज अ गुड डे’ । राजदूतले यसबारे थप केही खुलाएका छैनन्–यसबारेको जवाफमा उनले लेखेका छन्–वेट एन्ड सी ।

टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारीकै विषयमा राजदूतको यस्तो प्रतिक्रिया आएको धेरैले अनुमान गरेका छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले टिकटकले विकृति भित्र्याउन सहयोग गरेको भन्दै प्रतिबन्ध लगाएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

१६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १६ वटा देशका लागि सिफारिस राजदूतहरूको नाम अनुमोदन गरेको …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds