आइएमई लाइफ इन्स्योरेन्सको नायव सीईओमा खिलेन्द्र पौडेल नियुक्त

काठमाडौं । आइएमई लाइफ इन्सुरेन्स कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा खिलेन्द्र पौडेल नियुक्त भएका छन् ।आइएमई लिमिटेड र जीएमईको मर्जरपछि पौडेल आइएमई लिमिटेडको सीईओबाट बिदा भएर आइएमई लाइफमा प्रवेश गरेका हुन् ।

आइएमई लिमिटेडको स्थापनादेखि नै विभिन्न जिम्मेवारीमा रहेका उनको रेमिटेन्स, भुक्तानी प्रणाली, फिनटेक तथा डिजिटल वालेट र अन्तरदेशीय कारोबारमा अनुभव छ ।आइएमई ग्रूपले प्रवर्द्धन गरेका वित्तीय संस्थाको उच्च व्यवस्थापन तथा स्मार्ट च्वाइस, सनि सेक्युरिटिज, आइएमई डिजिटल सोलुसनलगायतका कम्पनी सञ्चालक रूपमा समेत पौडेल कार्यरत थिए र छन् ।

त्रिभुवन विश्वविद्यालयबाट एमबीए फाइनान्स गरेका पौडेलले भारतको अहमदावादस्थित इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट र मलेसियाको इन्स्टिच्युट अफ ब्यांकर्स मलेशियाबाट कार्यकारी वित्तीय व्यवस्थापन तथा अन्तरदेशीय लगानी व्यवस्थापनका विषयमा एक्जुकेटिभ कोर्स गरेका छन् । साथै उनले अमेरिकास्थित हार्भड केनेडि स्कुलबाट पोलिसी डिजाइन र वित्तीय सेवा सम्बन्धी व्यावसायिक कोर्स पनि गरेका छन् ।

उच्च तथा व्यावसायिक शिक्षा र व्यवस्थापकीय नेतृत्वको अनुभवका आधारमा कम्पनीले दिएको जिम्मेवारीलाई सफलतापूर्वक पुरा गर्ने र बीमा क्षेत्रमा थप रणनीतिक व्यावसायिक साझेदारी निर्माणमा योगदान दिने पनि उनले बताएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

माईपेको दसैँ मेला, कारोबार गर्दा स्कुटरदेखि आईफोनसम्म जित्न सकिने

काठमाडौं । डिजिटल वालेट माईपेले दसैँ, तिहार र छठलाई मध्यनजर गर्दै ‘माईपे मेला : चाडबाडको …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds