rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

नेपाल फर्केपछि विदेशी बैंकमै पैसा राख्न ३५ दिनभित्र राष्ट्र बैंकको अनुमति लिनुपर्ने (सूचनासहित)

काठमाडाैं । अब नेपाल फर्केपछि विदेशी बैंकमै पैसा राख्न चाहनेले नेपालीले ३५ दिनभित्र नेपाल राष्ट्र बैंकको अनुमति लिनुपर्ने भएको छ ।

राष्ट्र बैंकले मंगलबार वित्तीय चेतनामुलक सूचना जारी गर्दै नेपाली नागरिकले विदेशमा रहँदाबस्दाको अवधिसम्म त्यहाँ आर्जन गरेको रकम विदेशस्थित बैंकमा खाता खोली जम्मा गर्न सक्ने भएपनि त्यस्तो रकम व्यक्ति नेपाल फर्किसकेको अवस्थामा समेत विदेशमा नै राख्न चाहेमा स्वीकृति लिनुपर्ने स्पष्ट पारेको हो ।

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ तथा विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ को व्यवस्था अनुसार कुनैपनि नेपाली नागरिकले विदेशमा बैंक खाता खोल्न, घरजग्गा तथा अन्य कुनैपनि किसिमको लगानी गर्न प्रतिबन्ध लगाएको बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकलाई बिग मार्टमा १० प्रतिशत छुट

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डवाहकहरूलाई प्रत्येक शनिवार बिग मार्टमा आफूलाई …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds