बाइकले हान्दा बोलेरोमूनि पुग्यो स्कुटर, २७ वर्षीया सुश्माको मृत्यु

काठमाडौं । रुपन्देहीको बुटवलमा सडक दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । सोमबार राति बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको बलेरो जिप, बँदेल पोखरीबाट महेन्द्र राजमार्गमा निस्कँदै गरेको मोटरसाइकल र मुर्गियाबाट बुटवल आउँदै गरेको स्कुटर एकआपसमा ठोक्किदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी अर्घाखाँचीको सन्धिखर्क घर भई बुटवल उपमहानगरपालिका-११ देविनगर बस्दै आएकी २७ वर्षीया सुश्मा श्रेष्ठ भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक दिपेन्द्र बानियाँले जानकारी दिए ।

मुर्गियाबाट लु ८७ प ४५७३ नम्बरको स्कुटरमा बुटवल तर्फ आउँदै गरेकी श्रेष्ठलाई बुटवल उपमहानगरपालिका-१२ शान्तीचोकमा नम्‍बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट अनियन्त्रित भएको स्कुटर लु १ च ६७८३ नम्बरको बलेरो जिपमा ठोक्किएको थियो ।

दुर्घटना परी गम्भीर घाइते भएकी श्रेष्ठको उपचारका लागी अस्पताल लैजादै गर्दा मृत्यु भएको हो । मोटरसाईकल चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुँदै

काठमाडौँ । हिमाल मल्टिमिडियाको आयोजनामा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुनेभएको छ । पछिल्लो …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds