परराष्ट्रमन्त्रीले दिल्लीको चर्चित खान मार्केट पुगेर किनिन् पुस्तक

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा अहिले भारतको चार दिने औपचारिक भ्रमणमा छिन् । भ्रमणका क्रममा उनी आइतबार बेलुकी उनी दिल्लीको चर्चित बजार खान मार्केट समेत पुगेकी छिन् ।

परराष्ट्रमन्त्री राणाले नयाँ र पुराना पुस्तकहरू किनेको दूतावासका अधिकारीले जनाएका छन् । राणाकै आग्रह अनुसार दूतावासका अधिकारीहरुले पुस्तक पसलमा लगेका थिए । खान मार्केटस्थित चर्चित पुस्तक पसल ‘बाहरी सन्स’ पुगेर परराष्ट्रमन्त्री राणाले केही पुस्तक किनेकी छिन् । ‘बाहरी सन्स’ दिल्लीकै चर्चित पुस्तक पसल मानिन्छ, जहाँ पाठक मात्र नभई बेलामौका लेखकहरू समेत जमघट गर्ने र आफ्ना पुस्तकमा हस्ताक्षर गर्ने गर्छन् ।

दिल्लीस्थित नेपाली दूतावासमा केही समय बिताएकी राणा पुस्तक पसलमा गएकी हुन् । उनीसँग नेपाली दूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापा पनि साथै थिए नेपालमा केही समयअघि जापानकी परराष्ट्रमन्त्रीले नेपालको भ्रमण गर्दा काठमाडौंको जमलस्थित मण्डला पुस्तक पसलमा गएकी थिइन् ।

राणाले सोमबार पहिला भारतीय विदेशमन्त्री एस जयशंकर भेटवार्ता गर्ने छिन् भने त्यसपछि बेलुकी प्रधानमन्त्री नरेन्द्र मोदीँसग शिष्टाचार भेटवार्ता छिन् । भारतका विदेशमन्त्री जयशंकरको निमन्त्रणामा दिल्ली गएकी राणाको परराष्ट्रमन्त्रीका रूपमा पहिलो विदेश भ्रमण हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुँदै

काठमाडौँ । हिमाल मल्टिमिडियाको आयोजनामा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुनेभएको छ । पछिल्लो …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds