बुधबार पनि घट्यो सुनको मूल्य, कति छ तोलाको ?

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्य घटेको छ । यो दिन तोलामा १ हजार ४ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ४६ हजार ३ सय कायम भएको छ । मंगलबार पनि सुनको मूल्य घटेर तोलाको १ लाख ४७ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।

महासंघका अनुसार सोमबार तोलामा १ लाख ५० हजार रुपैयाँ रेकर्ड कायम भएको छापावाल सुन मंगलबार एकै दिन २ हजार ३ सय रुपैयाँ घटको थियो । महासंघका अनुसार सोमबारदेखि बुधबारसम्म आइपुग्दा सुनको मूल्य तोलामा ३ हजार ७ सयले घटेको हो ।

यो दिन चाँदीको मूल्य तोलाको १ हजार ७१० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन यसको मूल्य प्रतितोला १ हजार ७२५ रुपैयाँ कायम थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उच्च बिन्दुबाट घट्यो सुनको मूल्य, तोलाको कति छ ?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । मंगलबार सुन तोलामा ६ सयले …

प्रतिकृया दिनुहॊस