रुपन्देही प्रशासन देशभरमै सर्वोत्कृष्ट, यी हुन् उत्कृष्ट १० जिल्ला प्रशासन कार्यालय

काडमाडाैं । जिल्ला प्रशासन कार्यालय रुपन्देही देशकै उत्कृष्ट बनेको छ ।

गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयबिच भएको कार्यसम्पादन सम्झौता बमोजिम उत्कृष्ट कार्य गरेकोले देशभरका ७७ जिल्लामा रुपन्देही प्रथम भएको हो । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले ९८ अंक हासिल गरेको छ । रुपन्देही प्रशासनको प्रमुख जिल्ला अधिकारी गणेश अर्याल रहेका छन् ।

यस्तै ९७.७५ अंक ल्याएर पाल्पा जिल्ला प्रशासन दोस्रो भएको छ भने ९७.६२५ अंक ल्यएर बागलुङ तेस्रो भएकाे छ ।

यी हुन् उत्कृष्ट १० जिल्ला प्रशासन कार्यालय

१. जिल्ला प्रशासन कार्यालय रुपन्देही-९८ अंक

२. जिल्ला प्रशासन कार्यालय पाल्पा- ९७.७५ अंक

३.जिल्ला प्रशासन कार्यालय बागलुङ-९७.६२५ अंक

४. जिल्ला प्रशासन कार्यालय रुकुम- ९७.५ अंक

५. जिल्ला प्रशासन कार्यालय मकवानपुर र जिल्ला प्रशासन कार्यालय मकवानपुर पर्वत-९७.३७५ अंक

६.जिल्ला प्रशासन कार्यालय गुल्मी -९७ अंक

७. जिल्ला प्रशासन कार्यालय तेह्रथुम-९६.८७५

८.जिल्ला प्रशासन कार्यालय रोल्पा- ९६.७५, अंक

९.जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु- ९६.५६२५ अंक

१०. जिल्ला प्रशासन कार्यालय डडेल्धुरा- ९६.४३७५ अंक

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कोरोना बीमा सम्बन्धी रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले कोरोना बीमाको दावी भुक्तानी किन नदिएको भनेर सरकारसँग लिखित जवाफ माग्ने …

प्रतिकृया दिनुहॊस