बडिगाड पहिरोमा तीन घाइतेलाई हेलिकप्टरमार्फत् काठमाडौं पुर्‍याइयो

काठमाडौं । बागलुङको बडिगाडमा गएर पहिरोमा परी गम्भीर घाइउते भएका तीन जनालाई काठमाडौं ल्याइएको छ । गाउँपालिका-१० आरुपाटामा मंगलबार खसेको पहिरोले घरगोठ बगाउँदा गम्भीर घाइते बनेका ३ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौं ल्याइएको हो ।

प्रतिकुल मौसमका कारण मंगलबारै घाइतेलाई उपचारका लागि लैजान सक्ने अवस्था नभएपछि बिहान सेनाको हेलिकप्टरमार्फत गम्भीर घाइते ३ जनालाई शिक्षण अस्पताल पुर्‍याइएको छ । बडीगाड-१० आरुपाटामा सुरक्षित ठानेर आश्रय लिएकै घरमा पहिरो खस्दा ६ जनाको मृत्यु भएको थियो भने ४ जना अझै बेपत्ता छन् र ९ जना घइते छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री