काठमाडौं । सोमबार राती परेको अविरल बर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न स्थान डुबानमा परेको छ । वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न नदी-खोला किनारा डुबानमा परेको हो ।
बल्खुस्थित तरकारी बजार र सुकुम्सीबा बस्तीमा पनि बाढी पसेको छ भने ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालय र एन्फा फुटबल मैदानमा पनि बाढी छिरेको छ । झरी र डुबानका कारण उपत्यकाको सवारी आवागमन पनि अस्तव्यस्त बनेको छ ।
बागमतीका सहायक नदीहरू बिष्णुमती, धोवीखोला, मनोहरा, हनुमन्ते, गोदावरी, खोड्कु,नख्खुलगायतमा जलसतह सतर्कता तह माथी रहेको र केहीमा खतरा पुगेको र बढ्दो रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
साउन २२ बिहान ११बजे
बागमतीका सहायक नदीहरू बिष्णुमती,धोवीखोला,मनोहरा, हनुमन्ते,गोदावरी,खोड्कु,नख्खु लगायतमा जलसतह सतर्कता तह माथी रहेको र केहीमा खतरा पुगेको र बढ्दो रहेकाले तटीय क्षेत्रमा ४ बजे सम्म अति उच्च सतर्कता अपनाउनहुन र नदी किनारको सडकबाट यात्रा नगर्न अनुरोध @NDRRMA_Nepal pic.twitter.com/fYjDhrPpWY— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) August 6, 2024
बल्खु तरकारी बजारको उत्तरी भागमा पानी पस्न सुरू गरेको र दक्षिणी भाग पनि डुबानमा परेको छ । माछापोखरी क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइप लाइन फुटेर घरहरू डुबानमा परेको छ ।
प्रतिकृया दिनुहॊस