उर्लिए उपत्यकाका खोला-नदी, दिउँसो ४ बजेसम्म उच्च सतर्कता आवश्यक

काठमाडौं । सोमबार राती परेको अविरल बर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न स्थान डुबानमा परेको छ । वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न नदी-खोला किनारा डुबानमा परेको हो ।

बल्खुस्थित तरकारी बजार र सुकुम्सीबा बस्तीमा पनि बाढी पसेको छ भने ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालय र एन्फा फुटबल मैदानमा पनि बाढी छिरेको छ । झरी र डुबानका कारण उपत्यकाको सवारी आवागमन पनि अस्तव्यस्त बनेको छ ।

बागमतीका सहायक नदीहरू बिष्णुमती, धोवीखोला, मनोहरा, हनुमन्ते, गोदावरी, खोड्कु,नख्खुलगायतमा जलसतह सतर्कता तह माथी रहेको र केहीमा खतरा पुगेको र बढ्दो रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

बल्खु तरकारी बजारको उत्तरी भागमा पानी पस्न सुरू गरेको र दक्षिणी भाग पनि डुबानमा परेको छ । माछापोखरी क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइप लाइन फुटेर घरहरू डुबानमा परेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कोरोना बीमा सम्बन्धी रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले कोरोना बीमाको दावी भुक्तानी किन नदिएको भनेर सरकारसँग लिखित जवाफ माग्ने …

प्रतिकृया दिनुहॊस