ह्वात्तै घट्यो कीर्तिमान बनाएको सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा साताको तेस्रो कारोबार दिन आज (मंगलबार) सुनको मूल्य घटेको छ । सोमबार एतिहासिक उचाईमा पुगेको २४ क्यारेट सुनको मूल्य एकैदिन उच्च दरले घटेको हो ।

सोमबार प्रतितोला १ लाख ५० हजारमा कारोबार भएको सुन आज तोलामा २ हजार ३ सय रुपैयाँले घटेको छ । यस दिन छापावाला सुनको मूल्य १ लाख ४७ हजार ७ सयका कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ ।

चाँदीको मूल्य पनि घटेको छ । सोमबार प्रतितोला १ हजार ७ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेप्सेमा ५५ अंकको गिरावट

काठमाडौँ । नेप्सेमा ५५ अङ्कको गिरावट आएको छ । सोमबार नेप्सेमा ५५.८६ अङ्कको गिरावट आउदा …

प्रतिकृया दिनुहॊस