काठमाडौंको गेष्ट हाउसमा महिला-पुरूष मृत भेटिए

काठमाडौं । काठमाडौंको एक गेष्ट हाउसमा पुरूष र महिला मृत भेटिएका छन् । शुक्रबार काठमाडौं महानगरपालिका-९ शम्भुमार्गस्थित झर्ना गेष्ट हाउसको कोठा नम्बर ४०२ मा एक पुरूष र एक महिला मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

शुक्रबार मध्याह्न १२ बजे होटलको मान्छे खाना खाने/नखाने भनेर सोध्न कोठामा पुगेका थिए । तर लामो समय ढोका खोलेका थिएनन् । ढोका नखोलेपछि १ बजेतिर प्रहरीलाई खबर गरिएको थियो । कोठाको ढोका खोलेर हेर्दा महिलाको घाँटी काटिएको र पुरूष झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

उक्त कोठामा उनीहरु असार १५ गतेदेखि बस्दै आएका थिए । मृतक पुरूष बाजुरा त्रिवेणी नगरपालिका-४ का २३ वर्षीय भरतबहादुर सार्की र १९ वर्षीया करिस्मा सार्की भएको खुलेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान शुरु गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

आजको पञ्चाङ्ग   वि.सं. असोज ०१, २०८१ । ई.सं. 17 Sep, 2024 । शक संवत् १९४६ …

प्रतिकृया दिनुहॊस