आइतबार उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा

काठमाडौं । सरकारले आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ । आइतबार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले गृहमन्त्रालयले तीन जिल्लामा सार्वजनिक बिदा दिएको हो ।

काठमाडौं, ललितपुर र भक्तपुरमा आइतबार सार्वजनिक बिदा हुनेछ । रातो मच्छिन्द्रनाथको रथ बिहीबार जावलाखेल पुर्‍याइएको छ । आइतबार राष्ट्रपतिले भोटो देखाउने छन् ।

रथयात्रा ललितपुरको गाःबहाल, सुन्धारा, लगनखेल, कुमारी पाटी हुँदै जावलाखेल चोक ललितमण्डपमा टुङ्ग्याइन्छ ।

रातो मच्छिन्द्रनाथको रथलाई वर्षा र सहकालका देवताका रूपमा पुजिन्छ । ललितपुरका विभिन्न स्थानमा घुमाइने रथ भोटो देखाएपछि बुंमतीतर्फ लगिनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप