पेट्रोल/डिजेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।

निगमका अनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर एक रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य दुई रुपैयाँ घटेको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ । घटेको मूल्य आजदेखि लागु हुने निगमले जानकारी दिएको छ ।

नयाँ मूल्यसूची अनुसार काठमाडौं, पोखरा र दिपालय क्षेत्रमा पेट्रोल लिटरको १७० रुपैयाँ पर्नेछ । झापा, विराटनगर जनकपुर, नेपालजञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा १६७ रुपैयाँ ५० पैसा तथा सुर्खेत र दाङ क्षेत्रमा १६९ रुपैयाँ पर्नेछ ।

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १५५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५७ रुपैयाँ र तेस्रो वर्गमा १५८ रुपैयाँ पर्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको मूल्यमा नयाँ रेकर्डः प्रतितोला १ लाख ६५ हजार ६ सयमा कारोबार

काठमाडौं । सुनको मूल्य निरन्तर उकालो लागिरहेकाे छ । आज साेमबार छापावाल सुन प्रतितोला १ …

प्रतिकृया दिनुहॊस