काभा नेसन्स लिग आजदेखि : उद्घाटन खेलमा श्रीलंकाको सामना गर्दै नेपाल

काठमाडौं । काभा नेसन्स लिग भलिबलको उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकाविरुद्ध खेल्दैछ । त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा हुने उद्घाटन खेल दिउँसो सवा ३ बजे सुरु हुने भएको हो ।

आयोजक तथा दाबेदार नेपालले उपाधि जित्नेमा टिम आत्मविश्वासी रहेको बताएको छ । कप्तान अरूणा शाहीले रसियासँगको खेलबाट कमीकमजोरी सुधारेको र ५० दिनको तयारीले टिम मजबुत रहेका बताइन् । रसियासँग खेलेपछिको पछिल्लो दश दिन ब्लक, डिफेन्स र सर्भिसमा प्रशिक्षण केन्द्रित रहेको उनले जानकारी दिइन् ।

श्रीलंका पनि राम्रो तयारी पश्चात नेपाल आइपुगेको हो । तीन महिनाको तयारी पछि टिम उत्कृष्ट लयमा रहेको र सबै खेल जित्न उत्तिकै मिहिनेत गर्ने कप्तान थीलीनी परेराले बताइन् । पहिलो खेल घरेलु टोली नेपाल विरूद्ध हुने र नेपाललाई घरेलु समर्थकको राम्रो साथ रहनेमा आफुहरू जानकार रहेको र यो पटक उपाधि नै लक्ष्य रहेको उनले दाबी गरिन् ।

सबै खेल दशरथ रंगशालास्थित कभर्ड हलमा हुनेछ । आयोजक नेपालको लागि घरेलु मैदान र समर्थकले थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसियु एण्ड पिइसी फस्ट इन्टर कलेज गर्ल्स बास्केटबलको उपाधि गोल्डेन गेटले उचाल्यो

काठमाडाैं । ‘एसियु एण्ड पिइसी फस्ट इन्टर कलेज गर्ल्स बास्केटबल टुर्नामेन्ट २०२४’ शनिबार रोयल स्पोर्ट्स …

प्रतिकृया दिनुहॊस