काठमाडौँ । उपत्यकासहित देशभर नै चिसो बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार उपत्यकाको न्यूनतम तापक्रम ६ दशमलव ६ डिग्रीमा झरेको महाशाखाले जनाएको छ । अपराह्न भने तापक्रम केही बढी छ ।
आइतबार जुम्लाको न्यूनतम तापक्रम माइनस ० दशमलव १ डिग्री र अधिकतम तापक्रम २१ दशमलव ५ सेल्सियस थियो ।
वीरेन्द्रनगरको न्यूनतम तापक्रम १३ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २९ दशमलव ६ डिग्री सेल्सियस छ ।
त्यस्तै सिमराको न्यूनतम तापक्रम ११ दशमलव ८ डिग्री र अधिकतम तापक्रम २९ दशमलव ५ डिग्री छ । दाङको न्यूनतम तापक्रम भने १० दशमलव १ डिग्री र अधिकतम तापक्रम २५ दशमलव ८ डिग्री सेल्सियस मापन गएिको छ ।
धनकुटाको न्यूनतम तापक्रम १० दशमलव ३ डिग्री र अधिकतम तापक्रम २४ दशमलव ४ डिग्री सेल्सियस छ । पोखराको न्यूनतम तापक्रम ९ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २५ दशमलव ४ डिग्री सेल्सियस छ ।
आज सबैभन्दा कम जुम्लामा न्यूनतम तापक्रम माइनस ० दशमलव १ डिग्री तथा सबैभन्दा बढी विराटनगरमा १३ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २९ दशमलव ६ डिग्री सेल्सियस छ ।
प्रतिकृया दिनुहॊस