महालक्ष्मी विकास बैंकको शाखा बारा जिल्लाको प्रसौनी गाउँपालिकामा

बारा। महालक्ष्मी विकास बैंकले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा बारा जिल्ला, प्रसौनी गाउँपालिका वडा नं २, स्थित प्रसौनी शाखा कार्यालयको औपचारिक समुद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।

प्रसौनी शाखाको समुद्घाटन प्रसौनी गाउँपालिकाका अध्यक्ष भोला प्रसाद गुप्ताले गरे । शाखा उद्घाटन समारोहमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलज कुमार अधिकारीले महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको र आगामी दिनहरुमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गरी सहज, सुलभ र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच पु¥याउने कार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त  गरे । देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ८५ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको चुक्ता पुँजी रु. २ अर्ब ८४ करोड रहको छ भने बैंकले हालसम्म करिब रु. २६ अर्ब ९२ करोड निक्षेप संकलन गरी रु. २४ अर्ब ०९ करोड कर्जा प्रवाह गरेको छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

हिमालयन पावर पार्टनरले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं । हिमालयन पावर पार्टनरले हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम रहेको …

प्रतिकृया दिनुहॊस