देशभर चिसो बढ्यो,जुम्लामा माइनस ० दशमलव १ डिग्रीमा झर्‍यो तापक्रम

काठमाडौँ ।  उपत्यकासहित देशभर नै चिसो   बढेको  जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार उपत्यकाको न्यूनतम तापक्रम ६ दशमलव ६ डिग्रीमा झरेको महाशाखाले जनाएको छ । अपराह्न भने तापक्रम केही बढी छ ।

आइतबार जुम्लाको न्यूनतम तापक्रम माइनस ० दशमलव १ डिग्री र अधिकतम तापक्रम २१ दशमलव ५ सेल्सियस थियो ।

वीरेन्द्रनगरको न्यूनतम तापक्रम १३ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २९ दशमलव ६ डिग्री सेल्सियस  छ ।

त्यस्तै सिमराको न्यूनतम तापक्रम ११ दशमलव ८ डिग्री र अधिकतम तापक्रम २९ दशमलव ५ डिग्री  छ । दाङको न्यूनतम तापक्रम भने १० दशमलव १ डिग्री र अधिकतम तापक्रम २५ दशमलव ८ डिग्री सेल्सियस मापन गएिको छ ।

धनकुटाको न्यूनतम तापक्रम १० दशमलव ३ डिग्री र अधिकतम तापक्रम २४ दशमलव ४ डिग्री सेल्सियस छ ।  पोखराको न्यूनतम तापक्रम ९ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २५ दशमलव ४ डिग्री सेल्सियस छ ।

आज सबैभन्दा कम जुम्लामा न्यूनतम तापक्रम माइनस ० दशमलव १ डिग्री तथा सबैभन्दा बढी विराटनगरमा १३ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २९ दशमलव ६ डिग्री सेल्सियस छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सामाजिक सञ्जालबाट अर्काको चरित्र हत्या गरेको भन्दै धनगढीकी जानकी पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । …

प्रतिकृया दिनुहॊस