मुक्तिनाथ विकास बैंकले पुँजी बढाउँदै

काठमाडौं । मुक्तिनाथ विकास बैंकले मंसिर २९ गते १२ औं वार्षिका साधारणसभा गर्ने भएको छ ।  बैंकले गत वर्षको नाफाबाट १८.२५ प्रतिशत बोनस सेयर पारित गर्ने भएको छ।

साथै पुँजी बृद्धिका लागि बैंकले बोनस शेयरबाट कायम हुने चुक्ता पूँजीको २० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो। बैंकले साधारणभा प्रयोजनको लागि मंसिर १८ देखि २५ गते सम्म बुक क्लोज गर्ने भएको छ।

बैंकको हालको चुक्ता पूँजी दुर्इ अर्ब ५९ करोड रुपैयाँ रहेको छ। प्रस्ताव गरिएको १८.२५ प्रतिशत बोनस शेयर पारित गरिए सँगै चुक्ता पुँजी ३ अर्ब ६ करोड रुपैयाँ पुग्नेछ।

यसै पुँजीमा थप २० प्रतिशत हकप्रद निष्कासन गर्दा बैंकको चुक्ता पुँजी ३ अर्ब ६७ करोड रुपैयाँ पुग्नेछ। यससँगै मुक्तिनाथ विकास बैंक विकास बैंकहरुमध्ये सबैभन्दा बलियो बैंक हुनेछ। बैंकले गत आर्थिक वर्षमा ५७ करोड ५४ लाख रुपैयाँ नाफा गरेको थियो।

 

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

हिमालयन पावर पार्टनरले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं । हिमालयन पावर पार्टनरले हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम रहेको …

प्रतिकृया दिनुहॊस