महजोडी हिमगिरी सोपको ‘ब्रान्ड एम्बेस्डर’

काठमाडौं । विराटनगरको हिमगिरी सोपले नेपालका चर्चित हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ब्रान्ड एम्बेस्डर तोकेको छ ।

कम्पनीले जनाएअनुसार महजोडीलाई एक वर्षका लागि ब्रान्ड एम्बेस्डर तोकिएको हो । निकै आक्रामक बजार विस्तार गरिरहेको हिमगिरीले धोनी साबुन, डिटरजेन्ट पाउडर, ट्वाइलेट सोप, स्याम्पु, मास्कलगायत उत्पादन गर्दै आएको छ । सरसफाइसम्बन्धी बस्तुको उत्पादनका लागि खोलिएको उद्योगमा उद्योगी महेश जाजू र प्रकाश मुन्दडाको लगानी छ । यसमा ३२ करोड रुपैयाँभन्दा बढी लगानी भएको मुन्दडाले बताएका छन् ।

हिमगिरी सोपका अध्यक्ष महेश जाजुले स्वदेशमै सरसफाइसम्बन्धी उद्योग स्थापनापछि स्थानीय उत्पादन वृद्धि भएको सुनाए ।

दुई दशकअघि उद्योगी जाजू र मुन्दडाले मोरङको टंकीनिसवारीमा अवस्थित हिमालय सोप खरिद गरेका थिए । त्यहाँपछि हिमगिरी सोप एन्ड केमिकल्स प्रा.लि.को नामबाट नयाँ उद्योग सञ्चालन गरिएको थियो । कोरोनाकालमा समेत मास्क, सेनिटाइजर जस्ता सामग्रीको अभाव हुँदा स्थानीय रूपमा उत्पादन गरी हिमगिरीले कोसी प्रदेशको माग धानेको उद्योगी जाजूको भनाइ छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भिभोको भिभो भी-४० लाईट सार्वजनिक

काठमाडौं । भिभोले नयाँ स्मार्टफोन भिभो भी-४० लाईट सार्वजनिक गरेको छ । भी सिरिजकोे पछिल्लो …

प्रतिकृया दिनुहॊस