माहेश्वरी महिला मञ्चको श्रावणी मेला

काठमाडौं । मोरङको विराटनगरमा दुईदिने श्रावणी मेला सम्पन्न भएको छ । माहेश्वरी महिला मञ्चले स्थानीय अतिथि सदनमा शुक्रबार र शनिबार मेला आयोजना गरेको थियो ।

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मेलाको उद्घाटन गरेका थिए । उनले विराटनगरका मारवाडी समुदायका महिला स्वास्थ्य, समाजसेवा, शिक्षा र व्यवसायमा अगाडि रहेको उल्लेख गरे । महिलाले सम्पन्न गर्ने कार्य भरपर्दो र विश्वसनीय हुने उनले बताए ।

मञ्चकी अध्यक्ष ललिता जाजूले आफूहरूले महिलालाई आत्मनिर्भर बनाउन र हरेक कार्यमा हौसला प्रदान गर्न निरन्तर कार्यक्रम गर्दै आएको बताइन् ।

माहेश्वरी समाज विराटनगरका अध्यक्ष घनश्याम काबराले मञ्चले स्थापनाकालदेखि नै मानवताको सेवामा काम गरिरहेको बताए ।

मेलामा विभिन्न ३२ स्टल राखिएको थियो । मञ्चले विगत ६ वर्षदेखि हरेक साउन महिनामा श्रावणी मेला गर्दै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुँदै

काठमाडौँ । हिमाल मल्टिमिडियाको आयोजनामा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुनेभएको छ । पछिल्लो …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds