एनएमबी बैंकको ‘इभि-अटो लोन’ : ८.९९ % ब्याजदरमा ७ वर्षका लागि विद्युतीय सवारीसाधनहरू उपलब्ध

काठमाडौँ । एनएमबि बैंकले विद्युतीय सवारीसाधनहरू ७ वर्षको अवधिका लागि मात्र ८.९९ प्रतिशत निश्चित ब्याजदरमा उपलब्ध गराएको छ ।

नेपालमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्ने र दिगो भविष्यलाई समर्थन गर्ने उद्देश्यका साथ बैंकले विद्युतीय गाडी सेग्मेन्टमा कम ब्याजदरमै लोन उपलब्ध गरेको हो ।

ग्राहकहरूले सजिलै आफ्नो विद्युतीय सवारी साधन फाइनान्स गरि दिगो भविष्य तर्फ योगदान दिन सक्ने बैंकले जनाएको छ । लचिलो भुक्तानी विकल्पहरू र द्रुत स्वीकृति प्रक्रियाहरू सहित, ग्राहकहरूले सजिलै एनएमबि सुलव अटो लोन लिन सक्ने जनाएको छ ।

एनएमबि बैंकले हाल देशभरि २०१ शाखाहरू, १८७ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी बैंक र अध्यान्ता फण्ड म्यानेजमेन्ट बीच सम्झौता

काठमाडौँ । महालक्ष्मी विकास बैंक र अध्यान्ता फण्ड म्यानेजमेन्ट लि. बीच साना तथा मझौला उद्यमहरूको …

प्रतिकृया दिनुहॊस