जब छोराबुहारीले वृद्ध बुवालाई जंगलमा लगेर छाडिदिए

काठमाडौं । मोरङको बेलबारीमा आफ्नै छोराबुहारीले मध्यजंगलमा लगेर छाडिदिएका एक वृद्धलाई वनकर्मीले उद्धार गरेका छन् । बेलबारी-चिसाङ साझेदारी वन क्षेत्रबाट मंगलबार ७० वर्षीय जामुनलाल झांगडलाई चार दिनपछि उद्धार गरिएको हो ।

हेरालु टोलीले वनबाट उद्धार गरी बेलबारी नगर अस्पताल भर्ना गराएका छन् । वन समितिका अध्यक्ष दिनेश गिरीका अनुसार ४ दिनअघि छोराबुहारीले मोटरसाइकलमा बसाएर उनीलाई बिच जंगलमा लगेर छाडिदिएका थिए ।

वृद्धको शरीरको भागमा चोट देखिएको र उनी धेरै बोल्न नसक्ने अवस्थामा रहेको गिरीले बताए । वन अध्यक्ष गिरीले घटनाबारे प्रहरीलाई जानकारी गराइएको बताएका छन् । बेलबारी नगरपालिका-७, डांगी टोलमा बस्दै आएका वृद्धका छोराबुहारीको खोजी भइरहेको वडाध्यक्ष सुनिता चौधरीले बताइन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पलेशालाई सरकारको सम्मान, खातामा पठायो ६५ लाख

काठमाडौं । ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनको खातामा ६५ लाख रुपैयाँ जम्मा भएको छ …

प्रतिकृया दिनुहॊस