नेप्सेमा हरियाली, ७० अंकले बढ्यो

काठमाडौँ । नेप्सेमा हरियाली छाएको छ । मंगलबार एकैदिन नेप्से ७०.१८ अंकले बढेर २३१०.५९ अङ्कमा रोकिएको हो ।

नयाँ अर्थमन्त्री विष्णु पौडेलले पदभार सम्हालेको दिन सोमबार घटेको नेप्सेले मंगलबार भने ठुलो अंकले बढेको छ । मंगलबार ३१५ कम्पनीको दुई करोड ५८ लाख ३६ हजार २८५ कित्ता शेयर एक लाख १९ हजार ११ पटक खरिदबिक्री हुँदा ९ अर्ब १३ करोड ८६ लाख २९ हजार ६४२ बराबरको कारोबार भएको छ ।

सिन्धु विकास बैंक, बरुण हाइड्रो, ग्रीन डेभलपमेन्ट बैंक, अन्खु खोला जलविद्युत र मन्दाकिनी हाइड्रोको सेयरमा सकारात्मक सर्किट लागेको थियो । मंगलबार कारोबार भएका सबै कम्पनिको शेयर मुल्य बढेको नेप्सेले जनाएको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै एनगाडी ग्रुपको २१ करोड ७७ लाख बराबरको कारोबार भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मानुषी लघुवित्तको सम्पन्न गर्‍यो विशेष साधारण सभा

काठमाडौं ।मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो विशेष साधारण सभा सम्पन्न गरेको छ । शुक्रबार …

प्रतिकृया दिनुहॊस