विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर, दिनार, युरोसहित केही विदेशी मुद्राको मूल्य बढेको छ । त्यसैगरी पाउन्ड, अस्ट्रेलियन डलरसहित केही मुद्राको मूल्य भने घटेको छ ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०६ पैसा निर्धारण भएको छ । हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा थियो । विगत तीन दिनसम्म स्थिर रहेको अमेरिकी डलरको मूल्य आज बढेको हो ।

युरोपियन युरो १ को खरिदर १४५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४६ रुपैयाँ २७ पैसा निर्धारण भएको छ । हिजो युरो १ को खरिदर १४५ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४६ रुपैयाँ १२ पैसा थियो । त्यसैगरी आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७३ रुपैयाँ १९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९७ पैसा निर्धारण भएको छ । हिजो पाउन्ड १ को खरिददर १७३ रुपैयाँ २९ पैसा र बिक्रीदर १७४ रुपैयाँ ०७ पैसा थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको भाउ हालसम्मकै उच्च, शुक्रबार ३ हजारले बढेर १ लाख ५६ हजार नाघ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (शुक्रबार) सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । …

प्रतिकृया दिनुहॊस