काठमाडौं महानगरको श्रम बैंकबाट ९११ जनाले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाको श्रम बैंकमार्फत ९ सय ११ जनाले रोजगारी पाएका छन् । महानगरले ३ सय २९ जनालाई निजी र ५ सय ८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान गरेको हो ।

तीन वर्षको कार्ययोजना बनाइ कम्तिमा १५ हजार जनालाई तालिम तथा पाँच हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यको मेयर बालेन शाहले उल्लेख गरेका छन् । ‘काठमाडौं महानगरले रोजगारी प्रवर्द्धनका लागि तीन वर्षको कार्ययोजना बनाइ कम्तिमा १५ हजार जनालाई तालिम तथा पाँच हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना (रोजगारी र आयवृद्धि काठमाडौंको समृद्धि) तथा (श्रम बैंक) स्वर्णिम योजना अगाडि बढाएको हो,’ उनले भनेका छन् ।

यसअघि काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको सीप मेलामार्फत दुई हजार ५५५ जना, महानगरको तालिम केन्द्रहरूमार्फत एक हजार ४६७ जना र अनलाइनमार्फत दुई हजार गरि जम्मा ६ हजार २२ जनाले तालिम सम्पन्न गरेको उनको भनाई छ ।

‘यसबाट श्रम बैंकमार्फत दक्ष ४५५, अर्धदक्ष ३८ जना र अदक्ष ४१८ गरी जम्मा ९११ जनाले रोजगारी पाएका छन् । जसमध्ये ३२९ जनालाई विभिन्न निजी कम्पनीहरूमा र ५८३ जना महानगरका विभिन्न विभागहरूमा महानगरमार्फत रोजगारी उपलब्ध गराइएको,’ मेयर बालेनले सामाजिब सञ्जालमार्फत भनेका छन् । महानगरको सहजीकरण तथा आफ्नै प्रयासमा थप करिब ८०० जना युवा युवतीहरु रोजगार-स्वरोजगार भएको पनि मेयरल बालेनको दाबी छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ठमेलबाट झन्डै ४ करोडको कोकिनसहित विदेशी नागरिक पक्राउ

काठमाडौं । काठमाडौं ठमेलबाट चार करोड रुपैयाँ मूल्य बराबरको कोकिनसहित आइभरिकोस्टका नागरिक पक्राउ परेका छन् …

प्रतिकृया दिनुहॊस