सिटी एक्सप्रेस मनी ट्रान्सफरको १८औँ वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

सिटी एक्सप्रेस मनी ट्रान्सफरले असार २७ गते १७ वर्ष पूरा गरी १८औँ वर्षमा प्रवेश गरेको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । कम्पनीले केन्द्रीय कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘रक्तदान गर्नुहोस्, जीवन दान गर्नुहोस्’ भन्ने मूल नाराका साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना गरेको बताएको छ ।

सिटी एक्सप्रेसको कमलादीस्थित मुख्य कार्यलयमा उल्लेख्य व्यक्तिको सहभागिताका साथ रक्तदान कार्यक्रम सम्पन्न भएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा सिटी एक्सप्रेसका ब्रान्ड एम्बेसडर तथा चर्चित हास्य कलाकार जितु नेपालको पनि उपस्थिति थियो । सिटी एक्सप्रेस मनी ट्रान्सफरले १७ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आएको छ ।

हालै कम्पनीले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको र यसबाटै रेमिट्यान्स पनि भुक्तानी गर्न सकिने जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आइएमई र कमर्स प्लेक्सबिच रेमिटेन्स आदानप्रदानका लागि साझेदारी

काठमाडौँ । आइएमई लिमिटेड तथा कमर्स प्लेक्स लिमिटेड बिच एक कार्यक्रमको आयोजना गर्दै रेमिटान्स सम्बन्धी …

प्रतिकृया दिनुहॊस