‘गृहमन्त्रीको मान्छे हुँ’ भन्दै विदेश पठाउन दबाब दिने मन्त्रालयकै कर्मचारी पक्राउ

काठमाडौं । भिजिट भिसामा विदेश पठाउन दबाब दिने गृह मन्त्रालयका कर्मचारी निर्मल विष्ट पक्राउ परेका छन् । गृहमन्त्री र गृहसचिवको नामै लिएर भिजिट भिसामा विदेश पठाउन दबाब दिने विष्टलाइलाई बिहीबार पक्राउ गरिएकाे हाे ।

उनले असार २१ मा थाइल्यान्ड हुँदै तेस्रो मुलुक जान लागेका २० जनालाई नरोक्न त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सुरेश पन्थीलाई टेलिफोनबाट अनुचित दबाब दिएकाे अनुसन्धानबाट खुलेकाे छ । विष्टले ‘गृहमन्त्री रवि लामिछाने, उनको सचिवालय र गृह सचिव एकनारायण अर्याललगायतसँग कुरा भइसकेको छ’ भन्दै भिजिट भिसामा जान लागेकालाई नरोक्न दबाब दिएका थिए ।

तर, प्रमुख अध्यागमन अधिकृत पन्थीले दबाब अस्वीकार गरेर मन्त्रालयमा सोधखोज गरेपछि विष्टको कर्तुत सार्वजनिक भएको थियो ।

त्यस्ताे काम गर्ने गरेकाे भेटिएपछि ०७५ सालदेखि कम्प्युटर अपरेटरका रुपमा कार्यरत विष्ट मंगलबार सेवाबाट हटाइका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कसैको दबाब र चाहनामा मुद्दा चल्दैन : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढिकरणको लागि अनिवार्य शर्त रहेको सुशासन र …

प्रतिकृया दिनुहॊस