मनकामना केबुलकारको स्तरोन्नति गरिने

काठमाडौँ । मनकामना केबुलकारको स्तरोन्नति हुने भएको छ । आइतबार कम्पनीले एक विज्ञप्ति जारी गर्दै समय सापेक्ष अनुसार केबुलकारको स्तरोन्नति गर्न लागिएको जनाएको हो ।

कम्पनीले २६ वर्ष अगाडि जडित यस प्रविधिमा क्रमिक रूपले समय अनुरूप धेरै विकास भइसकेको भन्दै हाल निर्माता कम्पनीले समेत यसका पार्टपुर्जा आदि दिन निकट भविष्यमा समस्या रहने र निर्माता कम्पनीकै सुझावमा स्तरोन्नति गर्न लागिएको जनाएको छ ।

‘हाम्रो प्रविधि (Analogue) एनालोगमा आधारित प्रविधि हो र यसमा जडित मेन मोटर D. C. करेन्टबाट चल्दछ । हाल स्तरोन्नति हुने प्रविधि डिजिटल र नवीनतम प्रविधि हो र यसलाई Doppelmayr को D-Connect System भनिन्छ । यसमा सम्पूर्ण डिजिटल प्रविधिबाट चल्नुका साथै यसको मेन मोटर अब AC करेन्टबाट चल्नेछ । पुरानो मोटर,Control System, Panel , हरू सबै यसै प्रणालीमा आधारित हुने भएकोले सबै नै मुख्य मेशिनरीहरू सोही अनुसार फेरिने हुन्छ । त्यस्तै हाल दुई स्टेसन बीच जडित Communication Cable समेत डिजिटल प्रविधि अनुरूप हुने भएकोले सो पनि फेरिने हुन्छ जसको लम्बाई करिब ३२०० मिटरको हुनेछ ।’ विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै मेन (Main Haulage Cable) केवल तार लट्ठा पनि क्रमशः पुरानो भएकोले सो समेत यसै पटक रोकिएको अवधिमा फेरिने र त्यसको लम्बाई करिब ६५०० मिटरको हुने कम्पनीले जनाएको छ ।

कम्पनीले भनेको छ ‘केबुलकारको सबैभन्दा सुरक्षा दृष्टिकोणले मुख्य मानिने Grip हरू, जसको माध्यमबाट Gondola तारमा झुन्डिने हुन्छ, सम्पूर्ण फेर्ने कार्य २ वर्ष अघि नै सम्पन्न गरिसकेका छौं ।’

डोपलमायरको प्राविधिकहरू नै आएर गर्ने सो कार्य गर्न लाग्ने समयको प्रारम्भिक अनुमान ५० दिन लाग्ने डोपलमायर प्राविधिकहरूको छ । तर मौसम आदि अन्य कुराको आधारमा अनुमानित समय चाँडो पनि हुन सक्छ वा लम्बिन सक्ने समेत जनाएको छ ।

कम्पनीले यस विषयमा यात्रुहरूलाई समयभित्रमा नै सूचित गर्ने जनाएको छ ।हाल गरिने मुख्य कार्यहरू :

मेन लट्ठा (Main Haulage Cable) तार फेर्ने ।
Communication तार फेर्ने ।
Thyrestor Panel तथा Operation Panel फेरिने (Digital Control System) ।
सम्पूर्ण Wiring हरू फेरिने ।
DC Main Motor फेरि AC Main Motor Drive राखिने ।
३ वटा Tower Overhauling गरिने ।
अन्य अत्यावश्यक कार्यहरू गरिने ।
जनशक्ति तालिम On The Job Training गरिने ।
यस कार्य गरिँदा स्टेसन भवन, Tower हरू, Bull Wheel तथा Bullwheel Frame र Gondola यथावत् नै रहनेछ । तथापि २ वर्ष अगावै यसमा गर्नुपर्ने आवश्यक जाँच पडताल तथा अन्य Tower हरूको Overhauling डोपलमायरका प्राविधिकहरूले गरी मर्मत तथा फेरिनु पर्ने (मुख्यतया मेकानिकल सामान) कार्य गरिसकेको कम्पनीले जनाएको छ ।

कम्पनीले डिजिटल प्रविधि अनुसार यसको सञ्चालन छुट्ट Software बाट कम्प्युटर प्रणालीबाट सञ्चालनमा आउनुका साथै कतिपय प्राविधिक समस्या डोपलमायरबाट अस्ट्रियाबाट नै Online समाधान गर्न सकिने बताएको छ ।

स्तरोन्नति कार्यको लगानी करिब रु. ५० करोडको हुने र केबुलकार तल्लो स्टेसनमा रहेको रेष्टुरेन्ट उक्त बन्द अवधिभर यथावत् सञ्चालन भई सेवा प्रदान गरिने जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

काठमाडौँ । एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान …

प्रतिकृया दिनुहॊस