नेकपा शीर्ष नेतामा मतभेद : कुन नेता कता ?

काठमाडाै‌ । नेकपा सचिवालय बैठकमा पोलिटब्युरो गठन पहिले कि केन्द्रीय सदस्यको कार्यविभाजन भन्नेमा शीर्ष नेताहरूको मत बाझिएको छ। अध्यक्षद्वय केपी ओली र प्रचण्ड तथा वरिष्ठ नेताहरू माधव नेपाल र झलनाथ खनालको मत फरक–फरक आएको हो। यो खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्।

ओली र प्रचण्ड केन्द्रीय सदस्यको कार्यविभाजन टुंग्याएर पोलिटब्युरो गठन गर्ने पक्षमा छन् भने नेपाल र खनालले पोलिटब्युरो गठनसम्बन्धी एजेन्डा टुंग्याएर मात्र कार्यविभाजन गर्नुपर्ने मत राखेका छन् । ‘उहाँहरू (अध्यक्षद्वय) अहिले पोलिटब्युरो कमिटी नबनाऔँ, पहिले कार्यविभाजन टुंग्याऔँ भन्ने पक्षमा देखिनुभएको छ । हामी पोलिटब्युरो कमिटी टुंग्याएपछि मात्रै कार्यविभाजन सजिलो हुन्छ भनिरहेका छौँ,’ नेपाल–खनाल पक्षधर एक शीर्ष नेताले भने, ‘पहिले अध्यक्षद्वयले कसरी जाने भन्ने सम्बन्धमा कार्यविभाजनको मापदण्डसहितको प्रस्ताव ल्याएपछि मात्र अघि बढ्ने कुरा प्रस्ट हुन्छ।’

नेताहरूको मत बाझिए पनि पहिले कार्यविभाजनको ठोस प्रस्तावका लागि मापदण्ड बनेपछि बाँकी छलफल गर्ने सहमति जुटेको छ । आवश्यक गृहकार्यका लागि आइतबार सचिवालय बैठक स्थगित गरिएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबारदेखि थाती सबै एजेन्डा टुंग्याउने उद्देश्यले लगातार सचिवालय बैठक बसिरहेको छ।

पोलिटब्युरो गठनसम्बन्धी एजेन्डा पनि छलफलमै रहेकाले कार्यविभाजनको मापदण्ड बनेपछि थप रणनीति बनाउने तयारीमा वरिष्ठ नेता नेपाल छन् । यसअघि पोलिटब्युरो कमिटी गठन टुंग्याएर कार्यविभाजनको प्रस्तावमा छलफल गर्ने सहमतिविपरीत अध्यक्ष ओली अघि बढ्न खोजेको भन्दै नेपाल केही सशंकित बनेको स्रोतले जनाएको छ।

सचिवालय सदस्य को कता?
नौ सदस्यीय सचिवालयमा अध्यक्षद्वयका पक्षमा महासचिव विष्णु पौडेल र सचिवालय सदस्य ईश्वर पोखरेल उभिएका छन् भने नेपाल र खनालको मतमा प्रवक्ता नारायणकाजी श्रेष्ठले साथ दिएका छन् । अर्का सचिवालय सदस्य रामबहादुर थापा बादल र वामदेव गौतमले भने प्रस्ट धारणा राखेका छैनन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस