नेकपा सचिवालय बैठक आज पनि

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा आज पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार दिउँसो २ बजे बस्ने बैठकमा प्रदेश कमिटीको एकीकरण र गठनको लागि सुझाव दिन तयार पारिएको प्रतिवेदनमाथि छलफल हुनेछ ।

प्रदेश कमिटीको एकीकरण र गठनको पूर्णताका लागि सुझाव दिन गठित कार्यदलले शुक्रबारेको बैठकमा पेश गरेको प्रतिवेदनमाथि छलफल हुन लागेको हो । प्रतिवेदनमाथि छलफल हुन लागेको नेता अग्नि सापकोटाले जानकारी दिए । कार्यदलले तयार पारेको प्रतिवेदन बिहीबार सचिवालय बैठकमा सदस्यलाई अध्ययनका लागि दिएको  र उक्त प्रतिवेदनमाथि शुक्रबार छलफल हुने नेता सापकोटाले बताए ।

प्रदेश कमिटीको एकीकरणको विषयलाई टुङ्गो लगाएपछि साङ्गनिक एकीकरणको विषय अघि बढाउने नेकपाले जनाएको छ । प्रदेश र साङ्गठनिक एकीकरण तथा गठनको अन्तिम निर्णय भने स्थायी कमिटीले गर्नेछ कार्यदलले पेश गरेको प्रतिवेदनलाई छलफल गरी अन्तिम निष्कर्ष दिने नेकपाले तयारी गरेको छ । सचिवालयको बैठकपछि पार्टी स्थायी समितिको बैठक बोलाउने तयारी नेकपाले गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस