बससँग ठोक्किएको कारका चालकको मृत्यु

काठमाडाैं – पृथ्वी राजमार्ग अन्तर्गत चितवनको फिस्लिङ बजार नजिकै आज बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएका कार चालकको मृत्यु भएको छ ।

पुरानो मेडीकल कलेज भरतपुरमा उपचारको क्रममा कार चालक कस्कीकाे पोखरा महानगरपालिकाका ३५ वर्षीय समिर ओझाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नेपालगञ्जबाट काठमाडौँतर्फ आइइरहेको भे १ ख ४०६० नम्बरको यात्रुबाहक बस आज बिहान त्रिशूली नदी किनारमा खसेको थियो । काठमाडौँबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कार एकापसमा ठोक्किँदा बस नदी किनारमा खस्दा १३ जना घाइते भएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पार्टी कार्यालय आउन कार्यकर्तालाई रास्वपाको सर्कुलर, आन्तरिक छलफलमा रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्ने भएपछि आकस्मिक बैठक बोलाइएको छ …

प्रतिकृया दिनुहॊस