बससँग ठोक्किएको कारका चालकको मृत्यु

काठमाडाैं – पृथ्वी राजमार्ग अन्तर्गत चितवनको फिस्लिङ बजार नजिकै आज बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएका कार चालकको मृत्यु भएको छ ।

पुरानो मेडीकल कलेज भरतपुरमा उपचारको क्रममा कार चालक कस्कीकाे पोखरा महानगरपालिकाका ३५ वर्षीय समिर ओझाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नेपालगञ्जबाट काठमाडौँतर्फ आइइरहेको भे १ ख ४०६० नम्बरको यात्रुबाहक बस आज बिहान त्रिशूली नदी किनारमा खसेको थियो । काठमाडौँबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कार एकापसमा ठोक्किँदा बस नदी किनारमा खस्दा १३ जना घाइते भएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री