रोचक बन्दै समूह ‘डी’को सुपर ८ दौड, दुवै खेल जित्नुपर्ने दबाबमा नेपाल

काठमाडौं । आइसिसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत समूह डी’को अन्तिम आठको दौड रोमाञ्चक बनेको छ । बिहीबार राति भएको खेलमा बंगलादेशले नेदरल्याण्ड्सलाई २५ रनले पराजित गरेपछि अन्तिम आठको दौड रोमाञ्चक बनेको हो ।

यो महत्वपूर्ण जितपछि बंगलादेशले सुपर ८ को सम्भावना राखेको छ । नेपाल पनि रहेको यो समूहबाट दक्षिण अफ्रिका यसअघि नै सुपर ८ मा पुगिसकेको छ भने श्रीलंका बाहिरिइसकेको छ । अब सुपर ८ मा पुग्ने दोस्रो टिमबीच प्रतिस्पर्धा जारी छ ।

हेर्नुहोस् तालिका :-

दक्षिण अफ्रिकाले समूह डी’बाट अहिलेसम्म ३ खेल खेलेको छ । सबै खेलमा जित निकाल्दै उसले ६ अंकसहित सुपर ८ मा स्थान सुरक्षित गरेको हो । आजको जितसँगै बंगलादेश पनि ३ खेलबाट ४ अंकसहित सुपर ८ दौडमा छ । नेदरल्यान्ड्सको ३ खेलबाट २ अंक छ भने नेपालको २ खेलबाट १ अंक छ । अब नेदरल्यान्ड्सले आफ्नो अन्तिम खेल श्रीलंकासँग खेल्नुपर्नेछ जुन पहिले नै प्रतियोगिताबाट बाहिरिएको छ ।

बंगलादेशले अब नेपाललाई हराए उसको ६ अंक हुनेछ  र सुपर ८ मा पुग्ने छ । नेपालले भने सुपर ८ मा पुग्न दुवै खेल जित्नुपर्नेछ । भोलि सुपर ८ मा पुगिसकेको दक्षिण अफ्रिकाको सामना गर्नेछ भने समूह चरणको अन्तिम खेल बंगलादेशसँग खेल्नेछ । दुवै खेल जितेमा नेपालको ५ अंक हुनेछ यो सुपर ८ का लागि पर्याप्त छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दीपेन्द्रसिंह ऐरी टी-२० वरीयताको छैटौँ स्थानमा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी टी–२० अन्तर्राष्ट्रिय क्रिकेट विश्व वरीयताको छैटौँ …

प्रतिकृया दिनुहॊस