काठमाडौं । डडेल्धुराबाट डोटी जाँदै गरेको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । से १ च २९३ नम्बरको बस बिहीबार साँझ दुई जिल्लाको सीमानामा पर्ने रडुवा नदीमा दुर्घटनामा परेको हो ।
केआईसिंह राजमार्ग अन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका- ११ मा पर्ने रडुवा खोलामा स्कुल बस दुर्घटना भएको हो । स्कुल बस भए पनि सर्वसाधारण यात्रु सवार रहेको प्रहरीले बताएको छ । मेला भरेर फर्कने क्रममा बस दुर्घटना भएको प्रहरीको भनाइ छ । घाइतेलाई उपचारका लागि उपक्षेत्रीय अस्पताल पठाइएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।
राति भएकाले केही घाइतेको उद्धारमा कठिनाइ भएको प्रहरीको भनाइ छ । बस सडकबाट पाँच सय मिटर तल खसेको छ । घाइतेलाई उपचारका लागि आसपासका अस्पतालमा पुर्याइएको छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।
तपाईंको प्रतिकृया




