मेगा बैंकद्धारा सामुदायिक अस्पताललाई एइडि मेशिन सहयोग

काठमाडौँ ।  मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वडा नंं.- ११ मा रहेको युनाइटेड मिशन टु नेपाल ओखलढुङ्गा सामदुायिक अस्पतालको लागि Automated External Defibrillator (AED) मेशिन हस्तान्तरण गरेको छ ।

उक्त मेशिन मेगा बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले  अस्पतालका निर्देशक टुक बहादुर श्रीमलाई हस्तान्तरण गरिन् ।

 कार्यक्रममा बोल्दै श्रेष्ठले ओखलढुङ्गा क्षेत्रमा मेगा बैंक बैंकिङ्ग कारोबारको लागि मात्र नभई त्यस क्षेत्रको समृद्घिको लागि पनि निरन्तर लागिरहने प्रतिबद्घता व्यक्त गरिन् ।

विभिन्न कारणबाट अत्यन्त नाजुक अवस्थामा अस्पताल पुर्याइएका बिरामीहरुको उपचारका क्रममा कृत्रिम श्वास प्रणालीबाट त्यस्ता बिरामीहरुको मुटुको चाल संचालनमा ल्याई बिरामीहरुलाई पुनर्जीवन प्रदान गर्नसो उपकरणबाट महत्वपूर्ण सहयोग पुग्ने अस्पतालले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् …

प्रतिकृया दिनुहॊस