प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बिहान ११ बजेदेखि सुरु हुने बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल जारी रहनेछ ।

आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको १८ खर्ब ६० अर्बको बजेटमाथि आइतबारदेखि छलफल सुरु भएको हो । छलफलको पहिलो दिन बैठकमा विभिन्न दलका सांसदले बजेटमाथि मिश्रित प्रतिक्रिया दिएका थिए ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘‘प्रचण्ड’ले नेपालको संविधानको धारा ५३ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० पेस गर्ने कार्यसूची पनि रहेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दाउन्नेमा फेरि पहिरो खस्दा यातायात ठप्प, नयाँ ट्र्याक खन्न थालियो

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा पहिरो खस्दा फेरि यातायात ठप्प भएको छ । …

प्रतिकृया दिनुहॊस