तारा बराल पक्राउ, पाँच दिनका लागि थपियो म्याद

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने तारा बराल पक्राउ परेकी छन् । प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई आइतबार दिउँसो काठमाडौंको बबरमहलबाट पक्राउ गरेको हो ।

बराललाई साइबर कानुन वा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत पक्राउ गरिएको ब्युरोले जनाएको छ । ब्यूरोले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अदालतबाट पाँच दिनको म्याद थप भएको छ ।

पूर्व एआईजी रणबहादुर चन्दले केही दिन अगाडि बरालविरुद्ध आत्महत्या दुरुत्साहनमा उजुरी दिएका थिए । उजुरीबारे बरालले आफैले पनि सामाजिक सञ्जालमार्फत जानकारी गराएकी थिइन् । यस्तै बरालले आफ्नो चरित्र हत्या गरेको भन्दै एक महिलाले पनि उजुरी दिएकी थिइन् ।

ब्युरो प्रमुख डीआईजी नबिन्द अर्यालले पीडितको उजुरीका आधारमा नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जानकारी दिए । उनीविरुद्ध साइबर अपराधसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बालुवाटार पुगेका रास्वपा मन्त्रीले दिएनन् राजीनामा, प्रचण्ड सरकार लम्बिने

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू राजीनामा नदिई फर्किएका …

प्रतिकृया दिनुहॊस