सांकेतिक तस्बिर

आमाछोरा एकै ठाउँमा मृत फेला

काठमाडौं । इलाममा आमाछोरा झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । जिल्लाको इलाम नगरपालिका २ सुम्बेक पराजुली गाँउका बासिन्दा फूलमाया तामाङ्ग र छोरा जीवन झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

उनीहरू घरभित्रै करिब ४३ वर्षीया आमा फूलमाया र २० वर्षीय छोरा जीवन सुत्ने कोठामा एकै ठाउँमा दुईवटा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

बुवा फुर्देन तामाङ घरमा नभएको बेला उनीहरू मृत भेटिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा डीएसपी प्रकाश जवेगुले बताए ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दाउन्नेमा फेरि पहिरो खस्दा यातायात ठप्प, नयाँ ट्र्याक खन्न थालियो

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा पहिरो खस्दा फेरि यातायात ठप्प भएको छ । …

प्रतिकृया दिनुहॊस