बानेश्वरमा कांग्रेस नेतृत्वमा विपक्षी दलहरूको बैठक

काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलहरूको बैठक बसेको छ । कांग्रेस संसदीय दल नेतासमेत रहेका सभापति शेरबहादुर देउवाको कार्यकक्षमा विपक्षी दलहरूको बैठक बसिरहेको हो ।

प्रतिनिधिसभा बैठक बस्नुअघि विपक्षी दलहरूको बैठक बसेको हो । कांग्रेसले सदनमा कसरी अघि बढ्ने भन्नेबारे राप्रपा, जसपा नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चासहित विपक्षी दलहरूसँग छलफल गरेको छ । सहकारी ठगीमा संसदीय छानबिन समितिको माग गर्दै विपक्षीहरूले संसद् अवरोध गर्दै आएका छन् ।

आजको संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन विपक्ष दलको बैठक बसिहरेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए । प्रतिनिधि सभा बैठक बिहान ११ बजेका लागि बोलाइएपनि बैठक बस्न ढिलाइ भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कास्कीमा पहिरोमा परी दुई बालबालिकाको मृत्यु, लमजुङमा ३ घर बगाउँदा ४ जना बेपत्ता

काठमाडौं । देशभर मनसुन सक्रिय हुँदा बाढी, पहिरो र डुबानको जोखिम बढेको छ । पहिराले …

प्रतिकृया दिनुहॊस