भ्रमपूर्ण विज्ञापनमा विज्ञापन बोर्डको ‘एक्सन’

काठमाडौं । विज्ञापन बोर्डले सामाजिक सञ्जाललगायत विभिन्न माध्यममा भ्रमपूर्ण विज्ञापन हुने गरेको जनाएको छ । बोर्डले विभिन्न प्रकार र नामका चिया, तेल, स्याम्पो, औषधिजस्ता वस्तुले विभिन्न खालका रोग निको पार्ने तथा जुनसुकै स्वास्थ्य समस्या पनि समाधान गर्ने भन्दै चर्को मूल्य राखी बिक्रीवितरणका लागि भ्रमपूर्ण विज्ञापन प्रकाशन तथा प्रसारण गरेको अनुगमनका क्रममा पाइएको जनाएको छ ।

बोर्डका प्रवक्ता एवं प्रमुख प्रशासकीय अधिकृत निशानराज गौतमद्वारा आइतबार जारी विज्ञप्तिअनुसार त्यस्ता विज्ञापनमा वस्तु वा सेवा उत्पादन गर्ने व्यक्ति र कम्पनीको नामसमेत उल्लेख भएको नपाइएको र त्यस्ता विज्ञापनका विषयमा बोर्डमा उजुरीसमेत प्राप्त भइरहेको उल्लेख छ ।

बोर्डबाट श्रव्य, दृश्य तथा श्रव्यदृश्य विज्ञापन सामग्री प्रसारण गर्नुपूर्व परीक्षण गराएरमात्र प्रसारण गर्नुपर्ने व्यवस्था विज्ञापन(नियमन गर्ने) ऐन, २०७६ को दफा १५ ख र विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ को दफा ५ मा भएको साथै विज्ञापन गर्दा विज्ञापनकर्ताको नाम र ठेगाना स्पष्टरूपले उल्लेख हुनुपर्ने व्यवस्था ऐनको दफा ९ मा रहेकाले उक्त कानुनी व्यवस्थाविपरीत प्रसारण भएका त्यस्ता विज्ञापन तत्काल रोकी सूचना प्रकाशित मितिले तीनभित्र अनुमति लिएरमात्र प्रसारण गर्न, गराउन बोर्डले सचेत गएको छ ।

अनुमतिबेगर विज्ञापन निरन्तर प्रसारण गरेमा कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने चेतावनीसमेत बोर्डले दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आफन्तकोमा हिंडेका बालक पानीमा डुबेको अवस्थामा मृत्त भेटिए

काठमाडौं । सर्लाहीको बलरा नगरपालिकास्थित लक्ष्मीपुरमा पानीमा डुबेको अवस्थामा एक बालकको शव फेला परेका छ …

प्रतिकृया दिनुहॊस

This will auto close after