काठमाडाैं । एनआइसी एसिया बैंकको नाफा ४७ करोडले बढेको छ । बैंकले यस आवको पहिलो त्रैमासिक अवधिमा ७५ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको पहिलो त्रैमासमा २७ करोड ७९ लाख रुपैयाँ थियो ।
बैंकको समग्र निक्षेपसँगै कर्जा प्रवाह बढेपछि व्याजपापतको आम्दानीमा उल्लेख्य वृद्धि भएको हो । १ खर्ब ६३ अर्ब निक्षेप संकलन गरी १ खर्ब ३९ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ । निक्षेप तथा कर्जाका आधारमा बैंक सबैभन्दा माथि देखिएको छ । बैंकले निश्क्रिय कर्जामा पनि सुधार गर्दै ०. २९ बाट ०. २६ मा झारेको छ ।
बैंकको सिसिडी रेसियो ७७. ६८ प्रतिशत छ । स्प्रेडदर ४. ९९ प्रतिशत छ । आधार प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ७८ पैसा छ । बैंकको आधार व्याजदर १०. ७७ प्रतिशत छ । बैंकको बिहीबारसम्म बजार मूल्य प्रतिकित्ता ४१७ रुपैयाँ छ ।
प्रतिकृया दिनुहॊस