हङकङमा ‘एभरेष्ट इन्टरनेश्नल फिल्म अवार्ड’ हुँदै

काठमाडाैं । हङकङमा ‘एभरेष्ट इन्टरनेश्नल फिल्म अवार्ड’ हुने भएको छ । अवार्ड आगामी वर्ष जुनमा हुनेछ । उक्त अवार्डलाई  एभरेष्ट इन्टरटेन्मेन्ट कम्पनी लिमिटेडले आयोजना गर्न लागेको हो ।

सो अवार्डमा कुल २१ विधा ‘पपुलर’ अवार्ड दिइने जानकारी आयोजकले दिएको छ । सन् २०१८ मा रिलिज भएका नेपाली सिनेमाहरुले यो अवार्डमा सहभागीता जनाउन सक्नेछन् । हङकङको ‘क्विन एलिजावेथ स्टेडियम’मा यो अवार्डमा नेपालबाट ६० जना कलाकार, प्राविधिक, पत्रकारको टोली सहभागी हुने अपेक्षा आयोजकले जनाएका छन् ।

अवार्डको नेपाल संयोजन भने संगिक्षा फिल्म्सका संयोजक मनोज केसीले गर्नेछन् । अवार्डमा सिनेमा क्षेत्रमा विशेष योगदान पुर्याएका एक सिनेमाकर्मीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिनेछ ।

निम्न २१ विधामा अवार्ड प्रधान गरिनेछः

पपुलर सिनेमा

पपुलर नायक

पपुलर नायिका

पपुलर निर्देशक

पपुलर जुरी अवार्ड

पपुलर हाँस्य कलाकार

पपुलर खलनायक

पपुलर नव–नायक

पपुलर नव–नायिका

पपुलर छायांकार

पपुलर लेखक

पपुलर सह-अभिनेता

पपुलर सह-अभिनेत्री

पपुलर संगीतकार

पपुलर गायक

पपुलर गायिका

पपुलर गितकार

पपुलर चरित्र अभिनेता

पपुलर चरित्र अभिनेत्री

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आठौं संस्करणको निम अवार्डका लागि आवेदन खुला

काठमाडौं । आठौं संस्करणको ‘राष्ट्रिय समावेशी म्युजिक (निम) अवार्डको आवेदन खुला गरिएको छ । अवार्डका …

प्रतिकृया दिनुहॊस