घाँटी रेटिएको अवस्थामा भेटियो युवकको शव

काठमाडौं । घाँटी रेटिएको अवस्थामा सुर्खेतमा एक युवकको शव फेला परेको छ ।

बारा घर भई सुर्खेतमा बस्दै आएका ३२ वर्षीय अनिल पट्टेलको शव घाँटी रेटिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उनको घाँटीमा गहिरो चोट लागेको छ भने घटनास्थलमा रगत लागेको चुलेसीसमेत फेला परेको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेस नेताहरुसँगको छलफलपछि प्रधानमन्त्रीको राष्ट्रपति पौडेलसँग भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेट गरेका छन् । आइतबार …

प्रतिकृया दिनुहॊस