घाँटी रेटिएको अवस्थामा भेटियो युवकको शव

काठमाडौं । घाँटी रेटिएको अवस्थामा सुर्खेतमा एक युवकको शव फेला परेको छ ।

बारा घर भई सुर्खेतमा बस्दै आएका ३२ वर्षीय अनिल पट्टेलको शव घाँटी रेटिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उनको घाँटीमा गहिरो चोट लागेको छ भने घटनास्थलमा रगत लागेको चुलेसीसमेत फेला परेको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री