निवर्तमान अर्थमन्त्री डा. महतको खुलासा- २६ सयलाई १० लाखका दरले बाँड्ने प्रस्ताव अस्वीकार गरेको हुँ 

काठमाडौं । निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले गठबन्धन तोड्नुमा आफूलाई दोषारोपण गरेको भन्दै असन्तुष्टि जनाएका छन् । कांग्रेस प्रवक्ता समेत रहेका डा. महतले मंगलबार पार्टी कार्यालय, सानेपामा पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को दाबीको खण्डन गरेका हुन् ।

सरकारले औसतभन्दा बढी उपलब्धि हासिल नगर्नुमा कांग्रेस जिम्मेवार रहेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति झुटो र भ्रमपूर्ण रहेको उनको तर्क छ । ‘नेपाली कांग्रेसको कारणले औसत भन्दा ज्यादा उपलब्धि भएन भनेर दोषारोपण गर्नु यो भन्दा गलत कुरा, झुटो कुरा, भ्रम छर्ने कुरा हुनै सक्दैन । म यो कुरा ठोकुवाका साथ भन्छु । हाम्रो उपस्थितिले अहिलेको परिस्थितिमा गुणात्मक परिवर्तन आएको हो,’ उनले भने ।

डा. प्रकशशरण महतले २० वर्षअघिको शान्ति सम्झौताअनुरुप १० लाखका दरले आर्थिक सहायता बाँड्ने प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेको बताए । ‘२० वर्ष अघिको शान्ति प्रक्रिया अनुरुप घाइते र सहिद परिवारलाई आर्थिक सहायता बाँड्ने प्रस्ताव आयो मैले अस्वीकार गरेँ,’ डा. महतले भने, ‘त्यसबेला प्रधानमन्त्री सहमत हुनुभएको हो । तर, त्यही कुरालाई लिएर हुनसक्छ, उहाँले असन्तुष्टि सार्वजनिक गर्नुभएको छ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

काठमाडौं । सरकारले एक सय रुपैयाँ दरको नोटको डिजाइन परिवर्तन गर्ने निर्णय गरेको छ । …

प्रतिकृया दिनुहॊस