काठमाडौं । सर्लाहीमा स्थानीयले बसमा आगो लगाएका छन् । सोमबार साइकललाई यात्रुवाहक बसले ठक्कर दिएपछि आक्रोशित स्थानीयले बसमा आगो लगाएका हुन् ।
नवलपुर मलंगवा सडक खण्ड अन्तर्गत मलंगवा तर्फ जाँदै गरेको ग २ ख १४४० नम्बरको बसले साइकल यात्री कविलासी नगरपालिका १० सलेमपुरका स्थानीय जुगल महतोलाई ठक्कर दिएको थियो । दुर्घटनामा परेका महतो गम्भीर घाइते भएका छन् । दुर्घटनापछि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो तर सामान्य उपचारपश्चात् काठमाडौं रेफर गरिएको छ ।
घटना लगतै स्थानीयले बसमा आगजनी गरेको प्रहरीका प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए । आगजनी बाट बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ । बसका चालक प्रहरीको नियन्त्रणमा रहेको तथा थप अनुसन्धान भइरहेको छ ।
प्रतिकृया दिनुहॊस