कोका-कोलाको ‘काठमाडौँ इज कुकिङ’ को दोस्रो संस्करण हुँदै

काठमाडौँ । कोका–कोलाले ʻकाठमाडौँ इज कुकिङ’ को दोस्रो संस्करण गर्ने भनेको छ । काठमाडौँको हायात होटल मैदानमा चैत्र २ गते, शुक्रवार बिहान ११ बजेदेखि उक्त अत्यधिक अपेक्षित कार्यक्रम सुरु हुनेछ ।

कम्पनीका अनुसार ʻइज कुकिङ’ कोका–कोलाको विश्वव्यापी क्याम्पेन हो जसले विश्वभर खानालाई मजा लिएर खान प्रोत्साहित गर्दै आएको छ । यो कार्यक्रम कोका–कोलाको ग्लोबल ब्रान्ड प्लेटफर्म – ʻरियल म्याजिक’ अन्तर्गत नै पर्न आउँदछ ।

यस वर्षको ʻकाठमाडौँ इज कुकिङ’ ऐतिहासिक हुने कम्पनीले जनाएको छ । यस कार्यक्रममा चर्चित भारतीय गायक पापोन लगायत नेपाली चर्चित ब्यान्ड तथा गायकहरू द एलेमेन्ट्स, भेक, जोन एन्ड द लोकल्स, सुशान्त घिमिरे र प्रजिनाले पनि प्रस्तुति दिनेछन् । यी कलाकारहरूको मनमोहक प्रस्तुतिले अविस्मरणीय साङ्गीतिक अनुभव प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ ।

कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले भने ‘यस कार्यक्रमले नेपालीहरूको रमाइलो गर्ने संस्कृतिलाई झल्काउनेछ । ʻकाठमाडौँ इज कुकिङ’ मा हाँसो, खुसी र मनोरञ्जनका पलहरू देख्न पाइनेछ । नेपाली समुदायको विभिन्न जीवन्त भावनाहरूलाई यस कार्यक्रममा उतार्न पाउँदा हामी निकै हर्षित छौँ ।’

ʻकाठमाडौँ इज कुकिङ’ ले नेपालको सङ्गीत र सबैको मनपर्ने परिकार मोमो को कम्बिनेसनलाई झनै बलियो बनाउनेछ । यो संस्करणले पनि अघिल्ला वर्षहरुझै सफल हुने कम्पनीले विश्वास लिएको छ । यस कार्यक्रममा उपस्थित हुन चाहनेहरूले मोमो र कोका–कोलाको स्वाद सहित मनमोहक साङ्गीतिक प्रस्तुतिको मजा पनि लिन सक्नेछन् । यस कार्यक्रममा विशेष कम्बो अफर र छुटसहित २५ भन्दा बढी मोमो भेन्डरहरुको सहभागिता हुनेछ ।

बोटलर्स नेपाल लिमिटेडका एमडी दीपक सेन्थिल नाथले भने ‘काठमाडौँ इज कुकिङ’ को दोस्रो संस्करणलाई नेपालमा कोका–कोलाको यात्राको एउटा महत्वपूर्ण कोसेढुंगाको रुपमा स्थापित हुनेछ । यस कार्यक्रम मार्फत हाम्रा उपभोक्ताहरूका लागि अतुलनीय क्षणहरू सिर्जना गर्न पाउँदा हामी निकै उत्साहित छौँ । सङ्गीत, मो मो र कोका–कोलाको कम्बिनेसन यस दिनको कार्यक्रममा देख्न पाइनेछ ।’

ʻकाठमाडौँ इज कुकिङ’ फोहोर–रहित कार्यक्रम रहेको कम्पनीले जनाएको छ । यस कदमले कोका–कोलाको रिसाइक्लिङप्रतिको प्रतिबद्धतालाई झल्काएको छ । ʻकाठमाडौँ इज कुकिङ’ मा सहभागी भई रमाइलो गर्ने अवसरको फाइदा लिन कम्पनीले अनुरोध गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४१ पैसा रहेको छ ।

प्रतिकृया दिनुहॊस