विमानस्थलबाट सुन जस्तो देखिने अर्धठोस वस्तुसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेँलो रंगको अर्धठोस वस्तु करिब ८ सय ५५ ग्रामसहित भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुर सोमबार राति पक्राउ परेका छन् ।

फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा अवैध रूपमा लुकाई छिपाई भन्सार छलि लैजान लागेको उक्त वस्तुसहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि भन्सार कार्यालय पठाइनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस